Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

प्रभु बैंकद्वारा वित्तीय साक्षरता जगाउन प्रभातफेरी

प्रभु बैंकद्वारा वित्तीय साक्षरता जगाउन प्रभातफेरी
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनि विक–२०२६’ को अवसरमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको कमलादी शाखाद्वारा आयोजित उक्त कार्यक्रम यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘Smart Money Talks ’ मा आधारित रहेको थियो।

प्रभातफेरी कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैंकको कमलादी शाखाबाट सुरु भएको उक्त र्‍याली दरबारमार्ग, कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामा पुगेर समापन भएको थियो।

सहभागीहरूले वित्तीय व्यवस्थापन, बचतको महत्त्व र सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक प्ले–कार्ड तथा ब्यानरहरू प्रदर्शन गरेका थिए।यस प्रभातफेरीले आम नागरिकमा सही वित्तीय निर्णय लिन र पैसाको बुद्धिमानी प्रयोग गर्न प्रोत्साहन मिल्ने विश्वास बैंकले लिएको छ।

प्रभु बैंकले हाल नेपालभर ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit