काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक समूह रमेश कर्पले आफ्नो छैठौं संस्थापक दिवस मनाएको छ। ललितपुरको गोदावरी भिलेज रिसोर्टमा आयोजित एक विशेष समारोहका बीच ‘सधैं सँगै, हरेक पलमा’ भन्ने मूल नाराका साथ स्थापना दिवस कार्यक्रम उत्सव सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीका संस्थापक, स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा हरेक वर्ष चैत्र ६ गते मनाइने गरिन्छ। कार्यक्रममा स्वर्गीय गुप्ताको पाँच मुख्य खम्बा-इमानदारी, अग्रणी सोच, गतिशीलता, वास्तविकता र व्यावसायिकतालाई पुनः स्मरण गर्दै दूरदर्शी नेतृत्वप्रति सम्मान प्रकट गर्रिएको छ।
साथै, कम्पनीले कर्मचारी र व्यवस्थापन पक्षबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन खेलकुद र मनोरञ्जनका विभिन्न गतिविधिहरू सञ्चालन गरिएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

साथै, वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीहरू सम्मानित भएका छन् । जसमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरशीप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरशीप अवार्ड विभिन्न कर्मचारीलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालनको छ वर्षको सफल यात्रा पूरा गरेको उपलक्ष्यमा रमेश कर्पले आगामी दिनमा नवप्रवर्तन र व्यक्तिगत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। संस्थापकको मार्गदर्शन र कर्मचारीहरूको समर्पणले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यवस्थापन पक्षले व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्