Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चुनावी सरगर्मी बढ्दा अञ्जन श्रेष्ठद्वारा प्यानल घोषणाको तयारी

चुनावी सरगर्मी बढ्दा अञ्जन श्रेष्ठद्वारा प्यानल घोषणाको तयारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनको रन्कोले निजी क्षेत्र तातिएको छ।

विज्ञापन
Advertisement
Advertisement

वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी साधारण सभापछि विधानतः स्वतः अध्यक्ष बन्दैछन् । यसैबीच उनले आफ्नो टिमको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। सोमबार राजधानीको लाजिम्पाटस्थित एक होटलमा श्रेष्ठले आफ्नो प्यानल सार्वजनिक गर्दैछन्। टिममा अनुभवी र प्रतिष्ठित व्यवसायीहरूलाई समेटिएको दाबी गरिएको छ।

साधारण सभापछि स्वतः अध्यक्ष बन्ने निश्चित भए पनि श्रेष्ठले आफ्नै प्यानल खडा गरेर निर्वाचनमा होमिदा नेतृत्वबाटै गुट बनाउँदा संस्थाको एकतामा असर पर्न सक्ने टिप्पणी हुन थालेको छ । यसअघि उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो प्यानल घोषणा गरिसकेका छन्।

महासंघको ऐतिहासिक ६०औं साधारण सभा आगामी चैत २९ र ३० गते काठमाडौंमा हुँदैछ। देशभरका उद्योगी व्यवसायीहरूको छाता संगठनको यो निर्वाचनले आगामी तीन वर्षका लागि निजी क्षेत्रको नयाँ नेतृत्व र दिशा तय गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit