Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ सालको क्यालेन्डर सार्वजनिक
विज्ञापन
Advertisement

 काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले विक्रम संवत २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार कम्पनीको प्रधान कार्यालय, कमलादीमा आयोजित एक विशेष समारोहका बीच नयाँ वर्षको क्यालेन्डर अनावरण गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख-बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल सरकारले तोकेका बिदाको सूची, प्रमुख चाडपर्व, दिवस, पञ्चाङ्ग तिथि र तारिखहरू स्पष्ट रूपमा समावेश गरिएका छन्। क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको प्रगतिमा मार्गनिर्देशन गर्ने सञ्चालक समिति, साथ दिने कर्मचारी, विश्वास गर्ने ग्राहक र कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरूलाई धन्यवाद दिए ।

पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीन प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाइने बताए । कम्पनीले नेपाल बीमा प्राधिकरण र अन्य नियामक निकायहरूको सुझाव र समन्वयमा नेपालकै अग्रणी जीवन बीमा कम्पनीको साखलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit