Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सालमनीदेवी हाइड्रोपावरले १७ लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

सालमनीदेवी हाइड्रोपावरले १७ लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज  क्यापिटल
विज्ञापन
Advertisement

काठमाडौं । डोटी जिल्लामा विद्युत् उत्पादन गरिरहेको सालमनीदेवी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ। कम्पनीले कूल १७ लाख कित्ता शेयर निष्कासन गर्नका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीबीच शेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा सालमनीदेवी हाइड्रोपावरका तर्फबाट सञ्चालक पेरश दाहाल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पुँजीको १७ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि बराबर अर्थात् साढे ८ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसरी कम्पनीले कुल १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता शेयर (प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ)मा बजारमा ल्याउने तयारी गरेको छ।

सालमनीदेवी हाइड्रोपावरले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। यो आयोजनाले २०७६ सालदेखि नै व्यापारिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् उपलब्ध गराउँदै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit