Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

महासंघलाई ‘साझा शक्ति केन्द्र’ का रूपमा विकास गर्छाैं

महासंघलाई ‘साझा शक्ति केन्द्र’ का रूपमा विकास गर्छाैं
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि वस्तुगततर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच घिमिरेले १६ सदस्यीय कार्यसमिति सदस्यका उम्मेदवारसहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले आधिकारिक रूपमा समर्थन गरेका छन् । श्रेष्ठको टिमबाट घिमिरेसहित एसोसिएटतर्फ प्रवल जंग पाण्डे र जिल्ला नगरतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उपाध्यक्षका उम्मेदवार रहेका छन् ।

महासंघबाट लिन होइन, दिन आएको हुँ

उम्मेदवारी घोषणा गर्दै घिमिरेले अहिले महासंघ कमजोर बनेको र यसलाई पुनः शक्तिशाली ‘साझा शक्ति केन्द्र’ का रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। ‘व्यवसायीहरूले नै महासंघप्रति गुनासो गर्ने अवस्था आएको छ, महासंघ आज निर्णायक मोडमा छ,’उनले भने, ‘नीतिगत लबिङमा महासंघ कमजोर बनेको महसुस व्यवसायीलाई भएको छ। म अब एउटा मानक बनाएर काम गर्छु, महासंघबाट केही लिन होइन, संस्थालाई केही दिन आएको हुँ ।’उनले आफ्नो उम्मेदवारी पदका लागि नभई महासंघको प्रतिष्ठा र व्यवसायीको खस्किएको मनोबल उकास्नका लागि भएको धारणा राखे । नेतृत्वले अब कुरा मात्र होइन, ठोस काम र निर्णय दिनुपर्नेमा उनले जोड दिए ।

घिमिरे समूहका मुख्य योजना र प्रतिबद्धता

घिमिरेले ‘हामी नै किन?’भन्ने प्रश्नको उत्तरसहित आफ्नो मार्गचित्र प्रस्तुत गरेका छन् । उनको समुहले नीतिगत सुधार ,युवा र स्टार्टअप तथा पारदर्शिता लगायतका विषयलाई जोड दिएको छ।

नीतिगत सुधार: कर नीतिमा सुधार र निजी क्षेत्रमैत्री नीतिका लागि सरकारसँग संवाद र संघर्ष गर्ने,

युवा र स्टार्टअप:जेन जी युवा उद्यमीहरूलाई महासंघको मूलधारमा ल्याउने र प्रविधिको विस्तार गर्ने,

वस्तुगत संघको सशक्तीकरण: महासंघको मेरुदण्ड मानिने वस्तुगत संघहरूको आवाजलाई प्रभावकारी बनाउने,

पारदर्शिता: चुनावी घोषणापत्रलाई कागजमा मात्र सीमित नराखी वार्षिक रूपमा सार्वजनिक मूल्यांकन गर्नेलगायत रहेका छन् ।

१६ सदस्यीय बलियो प्यानल

घिमिरेको नेतृत्वमा वस्तुगत सदस्यका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुब बहादुर गौतम रहेका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघको पूर्व अध्यक्ष समेत रहेका घिमिरे ‘एक्सन ओरिएन्टेड’ व्यक्तिका रुपमा परिचित छन् । महासंघको निर्वाचन आगामी चैत २९ र ३० गते काठमाडौंमा हुँदैछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit