Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वेबोरका अत्याधुनिक ‘डबल डोर’ रेफ्रिजेरेटर नेपाली बजारमा

वेबोरका अत्याधुनिक ‘डबल डोर’ रेफ्रिजेरेटर नेपाली बजारमा
विज्ञापन
Advertisement

काठमाडौं । घरायसी विद्युतीय उपकरणका लागि स्थापित ब्रान्ड वेबोरले नेपाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ प्रविधियुक्त ‘डबल डोर’ रेफ्रिजेरेटरहरूको विस्तृत शृङ्खला सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले साना तथा मध्यम आकारका परिवारका लागि लक्षित गर्दै अत्याधुनिक सुविधायुक्त यी रेफ्रिजेरेटरहरू बजारमा ल्याएको जनाएको छ ।

मुख्य विशेषता र क्षमता
नेपाली बजारमा वेबोरले २६५ लिटर, ३२५ लिटर र ३६५ लिटर क्षमताका विभिन्न मोडलहरू उपलब्ध गराएको कम्पनीले जनाएको छ। यी रेफ्रिजेरेटरहरू आकर्षक डिजाइन र बलियो बनावटका साथ तयार पारिएका छन्।

प्रविधि र सुविधा
यस नयाँ शृङ्खलाका रेफ्रिजेरेटरहरूमा निम्नलिखित मुख्य प्राविधिक विशेषताहरू रहेका छन् :

इनभर्टर कम्प्रेसर: बिजुली खपत कम गर्ने र शान्त कार्यक्षमताका लागि यसमा अत्याधुनिक इनभर्टर कम्प्रेसर प्रयोग गरिएको छ। यसमा कम्पनीले १० वर्षको वारेन्टी समेत दिएको छ।

टोटल नो फ्रोस्ट : फ्रिजभित्र अनावश्यक हिउँ जम्न नदिने प्रविधिले गर्दा खानेकुरा लामो समयसम्म ताजा र स्वास्थ्यकर रहन्छ।

मल्टी एयर फ्लो र एन्टी–बी प्रविधिः फ्रिजको हरेक तहमा समान रूपमा चिसो हावा पुर्‍याउने र हानिकारक ब्याक्टेरियाहरूबाट खानालाई जोगाउने विशेष प्रणाली यसमा जडान गरिएको कम्पनीले भनाइ छ।

नेपाली भोल्टेज अनुकूल: नेपालको विद्युत उतारचढावलाई सहन सक्ने गरी यसमा बलियो ‘स्टेबलाइजर’ क्षमता राखिएको छ, जसले मेसिनको आयु लामो बनाउँछ।

उत्पादन सार्वजनिक गर्दै कम्पनीले भनेको छ, ‘हामीले नेपाली परिवारको माग र आधुनिक भान्छाको स्वरूपलाई बुझेर यी मोडलहरू ल्याएका हौँ। प्रविधि, गुणस्तर र सुन्दर डिजाइनको सम्मिश्रण नै वेबोरको पहिचान हो।’ वेबोरका यी नयाँ रेफ्रिजेरेटरहरू अहिले देशभरका प्रमुख इलेक्ट्रोनिक्स शोरुमहरूमा विशेष वारेन्टी र भरपर्दो बिक्रीपछिको सेवाका साथ उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit