Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’

‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’
मोरङ, १२ चैतः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आजदेखि आयोजित पाँच दिने ‘घर निर्माण प्रदर्शनी’ कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः मनोज दाहाल/रासस
विज्ञापन
Advertisement

मोरङ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सरकारको निर्माणले मुलुकमा आर्थिक चलायमान हुने बताए ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग सङ्गठन मोरङले विराटनगरको जैन भवनमा आजदेखि सञ्चालन गरेको ‘घर निर्माण प्रदर्शनी’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नयाँ सरकारको निर्माणबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुनका साथ पूँजीगत खर्चमा वृद्धि भई समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले सङ्गठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकाले यसबाट जनता, निर्माण तथा सेवा व्यवसायीले लाभ लिने बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा र उद्योग व्यापार सङ्घ मोरङका अध्यक्ष अनुपम राठीले प्रदर्शनी निर्माणबाट उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने बताए। प्रदर्शनीस्थलमा विभिन्न घर निर्माण सामग्रीका ७५ कक्ष रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit