काठमाडाैं । नेपाल टेलिकमले आज (आइतबार)देखि सदस्यता–आधारित नयाँ सेवा सञ्चालनमा ल्याउने भएको छ। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयनस्वरूप यो सेवा सुरु गर्न लागिएको हो।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध गराइने बताएका हुन्।
उनका अनुसार ग्राहकले एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने आवश्यकता रहने छैन।
मन्त्री तिमलसिनले नयाँ सदस्यता–आधारित प्याकेज, त्यसको शुल्क, उपलब्ध सुविधा तथा अन्य प्रावधानबारे नेपाल टेलिकमले आजै विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन्।















प्रतिक्रिया दिनुहोस्