Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

काठमाडौंमा कजारिया रमेश टायल्सको रिटेल सञ्जाल विस्तार, टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा

काठमाडौंमा कजारिया रमेश टायल्सको रिटेल सञ्जाल विस्तार, टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा ल्याउँदै उपत्यकामा आफ्नो रिटेल सञ्जाल विस्तार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा सञ्चालनमा आएको शोरूममार्फत स्थानीय घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय फ्लोर र वाल टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको जनाएको छ।

नयाँ शोरूमको उद्घाटन शनिबार कम्पनीका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपालको उपस्थितिमा गरिएको थियो। कार्यक्रममा कम्पनीका वरिष्ठ प्रतिनिधि तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोली पनि सहभागी भएको थियो।

आधुनिक तथा ग्राहकमैत्री अवधारणामा निर्माण गरिएको शोरूममा ग्राहकहरूले विभिन्न डिजाइन, टेक्स्चर, प्याटर्न र आकारका टायल्स प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसले घर तथा व्यावसायिक परियोजनाका लागि उपयुक्त टायल छनोट गर्न सहज हुने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा निर्देशक हिमांशु अग्रवालले टोखा रोड तथा आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रमा गुणस्तरीय टायल्स सेवा विस्तार गर्ने प्रतिबद्धताअनुसार नयाँ शोरूम सञ्चालनमा ल्याइएको बताए। विश्वस्तरीय उत्पादन स्थानीय ग्राहकसम्म सहज पहुँचमा पुर्‍याएर घर निर्माण तथा मर्मतसम्भारलाई थप सहज बनाउने उनको भनाइ थियो। कम्पनीका अनुसार शोरूम सर्वसाधारणका लागि खुला भइसकेको छ र ग्राहकहरूले यहाँ प्रिमियम टायल्सका नयाँ कलेक्सन अवलोकन तथा खरिद गर्न सक्नेछन्।

कजारिया रमेश टायल्सले नेपालमै अत्याधुनिक प्रविधियुक्त टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले सुपरब्राण्ड २०२५, ‘एशियाज मोस्ट प्रमिसिङ ब्राण्ड’ लगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको दाबी गरेको छ। कम्पनीसँग आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणसहित नेपालभर १०० भन्दा बढी शोरूमको सञ्जाल रहेको छ।

हाल कम्पनीले ३,००० भन्दा बढी आधुनिक डिजाइनका ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी ड्युटी भिट्रिफाइड टायल्स बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit