Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन जना प्रधानमन्त्री हुनुभएको छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि नयाँ प्रधानमन्त्री भएका छन् भने निर्वाचन गराउने मुख्य दायित्व लिएर प्रधानमन्त्री बन्नुभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजदेखि बिदा भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

भ्रष्टाचार अन्त्य, सुशासन कायम र सामाजिक सञ्जालको नियमित सञ्चालनको माग राखेर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति घोषणा भएको थियो ।

रास्वपा निर्वाचनबाट १८२ स्थानमा विजयी भएको थियो । संविधानको धारा ७६ (१) अनुसार गठन भएको वर्तमान सरकारसँग भ्रष्टाचारको अन्त्य, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा काम गरिनुपर्ने जनपेक्षा रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit