Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आन्तरिक पर्यटनमा आशा जगाउँदै सकियो ‘जाउँ है पोखरा’

आन्तरिक पर्यटनमा आशा जगाउँदै सकियो ‘जाउँ है पोखरा’
फेवातालमा माछापुच्छ्रे पोखरा, १९ फागुनः पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । तस्बिरः राधिका कँडेल÷रासस
विज्ञापन
Advertisement

गण्डकी । होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा चैत ९ गतेदेखि पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ कार्यक्रम शुक्रबार सकिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ विगत २५ वर्षदेखि बर्सेनि देशका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको सङ्घले यस पटक पूर्वी नेपालका वीरगञ्ज, हेटौँडा, विराटनगर र इलाममा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिनुका साथै आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिएको थियो ।

उक्त अवसरमा सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नववर्ष महोत्सवको २१ औँ संस्करण यस वर्ष चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा ‘लेकसाइड’ क्षेत्रमा सञ्चालन हुने जानकारी गराउँदै पूर्वी नेपालका स्थानीयलाई पोखरा आउनका लागि निम्तोसमेत दिइएको सङ्घका सचिव पार्वता पाण्डेले बताए ।

विभिन्न सहरमा गरिएका कार्यक्रममा त्यहाँका पर्यटन व्यवसायीले पूर्वका सहरबाट पोखरासँगको कनेक्टिभिटी सहज बनाउनुपर्ने, पर्यटकीय साझेदारी बढाउनुपर्नेलगायतका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रमले पूर्वी नेपाल र पोखराको पर्यटकीय साझेदारी र विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ कार्यक्रम फलदायी बनेको कार्यक्रमका सहभागी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit