Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

गत असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

गत असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन
विज्ञापन
Advertisement

काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व संकलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत असोजमा सेवा कर रु २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर रु एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँले रु २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले रु ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

यसैगरी मालपोत कार्यालय बुटवलले रु पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले रु दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौँले रु चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ । विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit