images images images
images images images
images
images
images

एकदिनको ब्रेकपछि शेयर बजारमा पुन : पहिरो, कारण के होला ?

images

काठमाडाैं । बलियो सरकारको अपेक्षा विपरीत शेयर बजारमा भारी गिरावट आइरहेको छ । आइतबार र सोमबार घटेको बजार मंगलबार थामिएर आज बुधबार बजार घट्नेक्रमले पुन निरन्तरता पायो । बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ताहरु निराश छन्। बलियो दुइतिहाईको सरकार छ, निजी क्षेत्र उत्साहित देखिएका छन् र पनि बजारले भने गति लिन सकिरहेको छैन । केहुन सक्छ त ?

यस विषयमा पूर्व इभेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौंनियारले बलियो सरकारले केही नाराम्रो गरेर शेयर बजारबाट फाइदा लिनेहरु बजारबाट पलायन हुने क्रमले गर्दा बजार घट्न पुगेको बताए । उनले भने,‘ अहिले बजारमा नकारात्मक काम गर्नेहरु माथि कारवाही भइरहेको छ, धेरै संनिग्ध व्यक्तिहरुको सम्पतिमाथि छानविन चलिरहेको छ । त्यसको प्रभाव अहिले बजारमा परेको हो, एउटा चरणको शुद्धिकरणपछि बजार पुन ः लयतर्फ फर्किन्छ ।’

images
images

यो दिन नेप्से परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचकमा भारी गिरावट आउँदा यो दिन तीन करोड दुई लाख ९२ हजार कित्ता शेयर किनबचेहुँदा १२ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपीपावर कम्पनी, न्यादीग्रुप पावर कमपनी,शिवम् सिमेन्ट,नेपाल रिइन्स्योरेन्स कम्पनीको ४२ करोड ६४ लाख रुपैयाँदेखि ७१ करोड ३१ रुपैयाँसम्मको कारोबार भएको छ ।

त्यस्तै घटेको बजारमा पनि केही कम्पनीहरुले भने नाफा निकाल्न सफल भएका छन् । जसमा रिलायन्स स्पेनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रो पावर,रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

घटेको बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा गुमाउन पुगेको छ । कम्पनीको शेयर ९.८४ प्रतिशतले घट्न पुगेको छ । सप्तकोशी डेभलपमेन्ट, नेशनल हाइड्रापावर कम्पनी, शिवश्री हाइड्रो, शिवश्री हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.४१ प्रतिशतदेखि ७.२८ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहको सूचकमा भारी गिरावट आएको छ । १३ वटा समूहको सूचकमध्ये पाँच प्रतिशतदेखि करिब एक प्रतिशतसम्मले घट्न पुगेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्