Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुदूरपश्चिमको बजेट आज, हालसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी

सुदूरपश्चिमको बजेट आज, हालसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी
विज्ञापन
Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३/८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ ।

विज्ञापन
Advertisement
Advertisement

आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ ।

यस पटक सरकारले हाल सम्मकै सबै भन्दा ठुलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए ।  चालु आर्थिक वर्षको बजेटबाट कम्तीमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनारले बताए । बजेटको आकार वृद्धिको अन्य आधारमा आन्तरिक राजश्वमा चालु आर्थिक वर्षभन्दा वृद्धि हुने बजेट निर्माणको तयारीमा रहेका अधिकारीहरूको भनाइ छ । वन स्रोतको कच्चा पदार्थ, गिट्टी बालुबाट पनि राजश्वलगायत थप हुने आकलन गरिएको छ ।  चालु आर्थिक वर्षमा सरकारले आन्तरिक राजश्वको कूल अंक एक अर्ब ६५ करोड हुने अनुमान गरेको थियो ।

आर्थिक मामिला सरकारले यस पटक सांसदहरूलाई बेग्लै बजेट दिन सरकारले उनीहरूबाट बजेट आयोजना संकलन गरिसकेको छ । सरकारले सांसदहरूका लागि बजेट बढाएर कूल ३ अर्ब २९ करोड बजेट भागबण्डा यसअघि नै गरिसकेको छ । मुख्यमन्त्री कार्यालयले सांसदहरूबाट बजेट अंक र आयोजनाको सूची संकलन गरिसकेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाखभन्दा कम बजेटका आयोजना नराख्ने घोषणा गरे ।

मुख्यमन्त्री शाहको नेतृत्वमा यो तेश्रो बजेट आउने छ । एउटा बजेट भने पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको नेतृत्वमा प्रस्तुत भएको थियो । तर सो बजे प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit