कालीकोट । कालीकोटका सबै नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४ अर्ब ५५ करोड ६ लाख ३२ हजार २२६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
बजेटअनुसार खाँडाचक्र नगरपालिकाले ५७ करोड ३७ लाख १६ हजार रुपैयाँ तथा रास्कोट नगरपालिकाले ५६ करोड ६७ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेका छन्।
यस्तै, शुभकालिका गाउँपालिकाले ४० करोड ८८ लाख ३६ हजार ३६ रुपैयाँ, नरहरिनाथ गाउँपालिकाले ६१ करोड ५९ लाख ५९ हजार ७०० रुपैयाँ, सान्नीत्रिवेणी गाउँपालिकाले ४४ करोड २६ लाख २५ हजार ९४७ रुपैयाँ, पचालझरना गाउँपालिकाले ४१ करोड ४४ लाख ७७ हजार ५४३ रुपैयाँ, पलाँता गाउँपालिकाले ४९ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ र महावै गाउँपालिकाले ३७ करोड ३८ लाख ३५ हजार ५०२ रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।















प्रतिक्रिया दिनुहोस्