Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

इन्धनको मूल्यमा भारी वृद्धि,ग्याससहित कति बढ्यो?

इन्धनको मूल्यमा भारी वृद्धि,ग्याससहित कति बढ्यो?
विज्ञापन
Advertisement

काठमाडौं।नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र बढ्दो घाटालाई कारण देखाउँदै नयाँ मूल्य समायोजन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ।

यससँगै पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६ रुपैयाँ ५० पैसा देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य २०४ रुपैयाँ ५० पैसा देखि २०७ रुपैयाँसम्म कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि ठूलो घाटा कायम रहेको छ। निगमले सार्वजनिक गरेको विवरणअनुसार हाल पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ६५ पैसा, डिजेलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा भइरहेको छ।

समग्रमा निगमलाई पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको बताइएको छ।

निगमले यस्तो घाटा निरन्तर रहेमा  भारतीय आयल निगम लाई भुक्तानी गर्न समेत समस्या आउने र आपूर्ति व्यवस्थापन प्रभावित हुने चेतावनी दिएको छ। सोही कारण लागतअनुसार पूर्ण मूल्य समायोजन नगरी हालका लागि आंशिक वृद्धि गरिएको निगमको भनाइ छ।

यसैबीच एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको पनि निगमले जनाएको छ।

निगमले आपूर्ति सहज बनाइराख्न र घाटा नियन्त्रण गर्न बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको स्पष्ट पारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit