Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न राष्ट्रपतिको आग्रह

जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न राष्ट्रपतिको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन्। कृषिलाई आकर्षक र व्यावसायिक पेसाका रूपमा विकास गर्न सके विदेश पलायन रोक्न, धान उत्पादन बढाउन तथा चामल आयात न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

विज्ञापन
Advertisement
Advertisement

२३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। जीवन निर्वाहका लागि मात्र नभई व्यावसायिक कृषितर्फ अग्रसर हुन उनले सबै कृषकलाई आह्वान गरेका छन्। साथै, कृषिको विकासका लागि सम्बन्धित निकायले आवश्यक नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिले जलवायु परिवर्तनका कारण धानखेतीमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकार, कृषक तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका छन्।

उनले असार महिना धान रोपाइँका कारण कृषि कार्यका लागि विशेष महत्त्व बोकेको उल्लेख गर्दै नेपाली जीवनशैली प्रकृति र माटोसँग जोडिएको बताएका छन्। हिलोमा धान रोप्ने परम्परा तथा दही–चिउरा, अचारजस्ता परिकारले राष्ट्रिय धान दिवसलाई सांस्कृतिक रूपमा पनि विशेष बनाउने उल्लेख गरेका छन्।

राष्ट्रपतिले नेपालको धानखेती अझै वर्षामा निर्भर रहेकाले धानखेतीयोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

कृषिमा बढ्दो परनिर्भरता घटाउँदै उत्पादन, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ दिवस मनाइँदै छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit