Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

 डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

 डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा पूर्वबैंकर भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल सदस्य सचिव रहने गसर तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

एक महिनाको समयावधि पाएको कार्यदले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्ने केन्द्रीय बैंकले जनाएको छ। साथै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा समेत अध्ययन गरी कार्यदलले केन्द्रीय बैंकलाई सुझाव दिने बताइएको छ ।

केन्द्रीय बैंकले आगामी मौद्रिक नीति ल्याउन बैंकिङ क्षत्रेका समस्या सम्बोधन गर्ने गरी अध्ययन गराउन लागेको हो । यसैगरी, कार्यदललले ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन समाधान गर्ने विषय लगायतमा कार्यदलले अध्ययन तथा अनुसन्धान गर्नेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit