Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाजुराका अग्निपीडितलाई प्रदेश सरकारद्वारा ४० लाख आर्थिक सहयोग गर्ने  निर्णय 

बाजुराका अग्निपीडितलाई प्रदेश सरकारद्वारा ४० लाख आर्थिक सहयोग गर्ने  निर्णय 
विज्ञापन
Advertisement

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज भएको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सहायता रकम बूढीगङ्गा नगरपालिकालाई उपलब्ध गराइने जानकारी दिँदै आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भएपछि सरकारले थप सहयोगबारे निर्णय गर्ने बैठकपछि मुख्यमन्त्री शाहले बताए । बैठकले अग्निपीडितलाई १५थान टेन्ट, ३४कम्बल र ३४थान त्रिपाल प्रदान गर्ने निर्णय गरेको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिका –६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा ३१ घर–पसल नष्ट हुनाका साथै १५करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको सुरक्षा निकायले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit