Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ एक अर्ब ६० करोड भुक्तानी

बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ एक अर्ब ६० करोड भुक्तानी
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

पशुपक्षी तथा मत्स्यतर्फ एक लाख ६६ हजार ७११ र बालीधनतर्फ एक हजार ६३४ गरी एक लाख ६८ हजार ३४५ बिमालेख जारी गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

जारी गरिएका बिमालेखलाई नेपाल बिमा प्राधिकरणले प्रमाणीकरण गरेपछि किसानलाई भुक्तानी गरिन्छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म बिमा बापतको करिब रु ९० लाख भुक्तानी गरेको छ ।

जारी गरिएका केही बिमालेख प्रमाणीकरणको चरणमा रहेका सूचना अधिकारी जोशीले बताए । बिमा कम्पनीले बिमा गरेको ३० दिनभित्र प्रदेशस्थित कृषि, मत्स्य तथा पशुपन्छी कार्यालयको सिफारिससहित बिमा प्राधिकरणमा अनुदानका लागि निवेदन दिनुपर्छ । कृषकलाई जोखिम कम गर्न र लगानी सुरक्षित गर्न सरकारले बाली तथा पशुधन बिमाको प्रिमियममा रु ५० लाखसम्मको बिमामा ८० प्रतिशत र सोभन्दा बढीको बिमामा ६५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको जोशीले बताए।

कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानी सुरक्षा र आकर्षण बढाउन बिमा कार्यक्रममा बाली, माछा र पशुपन्छीलाई समावेश गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit