Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिक्षामन्त्रीको परिवारको नाममा साढे २० करोड अचल सम्पत्ति

शिक्षामन्त्रीको परिवारको नाममा साढे २० करोड अचल सम्पत्ति
विज्ञापन
Advertisement

काठमाडौं।सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा सात ठाउँमा गरी करिब रु साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गरेको छ। उनले काठमाडौँ, मोरङ र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरिएको।

विज्ञापन
Advertisement
Advertisement

साथै २५ तोला सुन, सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री पोखरेलले आफ्नो बैंक खातामा चार लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरे । डलर खातामा अमेरिकी डलर पाँच रहेको उल्लेख छ ।

उनले बुबा रमेशकुमार पोखरेललगायत परिवारका सदस्यहरूका नाममा पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका सेयर करिब ३० लाख रुपैयाँबराबर रहेको उल्लेख गरेको छ। बुबा रमेशकुमारकै राष्ट्रिय बचतपत्रमा ९६ लाख ९० हजार रुपैयाँबराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा प्राप्त रकमले सेयर खरिद गरेको उल्लेख छ ।

आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचतपत्रमा ५० लाख रुपैयाँ बराबरको सेयर रहेको देखाइएको छ । मन्त्री पोखरेलले आफू र आमा मीनाक्षीको नाममा ७५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरे।

हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माछापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख रुपैयाँ कर्जा रहेको विवरणमा जनाइएको छ । साथै बुबा र आफ्नो नाममा दुईवटा सवारीसाधन रहेको जनाउनुभएको छ । सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रुपैयाँ रहेको उल्लेख गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit