Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
विज्ञापन
Advertisement

धरान । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको छ । सडक निर्माण भए पनि आवश्यक अध्ययन बिना जथाभावी सडक खन्ने गरिएको उनको भनाइ छ । ती सडकहरूमा कस्ता सवारी साधन चलिरहेका छन् भन्ने विषयमा नियन्त्रण गर्ने संयन्त्र नहुँदा पनि दुर्घटना बढिरहेको उनले बताएका छन् ।

उनले भने, ‘‘दुर्घटना बढ्नु चिन्ताको विषय हो । यसलाई शून्यमा झार्न त सकिँदैन, तर सचेतना अपनाउने हो भने न्यूनीकरण गर्न सकिन्छ । दुर्घटना कम गर्न विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) र मदिरा सेवन (मापसे) गरेर सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिइँदै आएको छ ।’’ नशालु पदार्थ सेवन गरेर सवारी चलाउँदा चालक मात्र होइन, यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले यसविरुद्ध निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।

आर्थिक वर्ष २०८२ आठ महिनाको अवधिमा जिल्लामा एक हजार ५०४ वटा दुर्घटना हुँदा ८७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख छ भने एक सय ५३ जना गम्भीर र एक हजार पाँच सय ६२जना साधारण घाइते भएका थिए । ती दुर्घटनामा परेर एक ६८ जना पुरुष, १५ जना महिला र चार जना बालबालिका गरी ८७ जनाले ज्यान गुमाएका थिए ।

कतिपय सवारी दुर्घटना मौसमी कारण पनि देखिने गरेका छन् । हुस्सु लाग्ने याममा अगाडिको गाडी नदेख्दा ठोक्किएर धेरै दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक (एसपी) गिरीको भनाइ छ । यसको न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको उनी बताउछन् ।

सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्का भन्छन्, ‘जिल्लामा भएका दुर्घटनामध्ये धेरैजसो तीव्र गतिका कारण दुर्घटना भएको देखिन्छ भने चालकको लापरबाही,सडक प्रयोगकर्ताको असावधानी, मादकपदार्थ सेवन साथै लाइसेन्स बिनाका चालकले चलाएका सवारी साधनहरु बढी दुर्घटना पर्ने गरेको छ ।’ यी घटनाहरूले भौतिक क्षति मात्र होइन, सामाजिक र आर्थिक रूपमा पनि गम्भीर असर पारेका छन् ।

वर्षायाम सुरु भएसँगै सप्तकोशी नदी र सहायक खोलाहरूमा पानीको सतह बढ्दा तटीय क्षेत्र डुबानमा परे । इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी, भोक्राहलगायतका क्षेत्रमा घर डुबानमा पर्नुका साथै सयौँ बिघा खेतीयोग्य जमिनमा क्षति पुगेको थियो । गत असोज महिनाको लगातारको वर्षाले सुनसरीमा बाढी पहिरोको जोखिम बढायो । सुनसरीमा बाढीका कारण असोज १९ गते एकै दिनमा करिब एक हजार ३६ घर डुबानमा परेको थियो । लगातार वर्षाका कारण सानातिना खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पस्यो । डुबान भयो र डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारियो । बाढीका कारण घरहरु मात्र डुबानमा परेनन् केही विद्यालय र अस्पतालहरु समेत डुबानमा परेका थिए ।

अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारी खेतीमा ठूलो क्षति पुग्यो । असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण किसानहरूले लगाएका बालीहरू डुबानमा प¥यो । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार २०८२ सालमा बाढी र अविरल वर्षाले जिल्लाभरका तरकारी बाली, धान खेतीमा ठुलो क्षति पुर्याएको थियो । कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबालीमा ठूलो क्षति पु¥यायो ।

त्यसैगरी सीमावर्ती क्षेत्रलाई केन्द्र बनाएर चोरी, लागूऔषध ओसारपसार, कुटपिट तथा गोली प्रहारजस्ता आपराधिक घटनाहरू पनि सार्वजनिक भए । सुरक्षा निकायले केही घटनामा संलग्नलाई नियन्त्रणमा लिए पनि समग्र रूपमा आपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण देखिएको छ । सामाजिक तथा राजनीतिक गतिविधिसँग जोडिएका झडपले समेत वर्षभरि वातावरण तनावपूर्ण बनायो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit