Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेयर बजारमा सामान्य उकालो, उच्च कारोबारबीच केही कम्पनीमा सर्किट

सेयर बजारमा सामान्य उकालो, उच्च कारोबारबीच केही कम्पनीमा सर्किट
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ५.३६ अंकले बढ्दै २,८३८.४० विन्दुमा पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज ३३५ वटा कम्पनीका ९६ हजार ५७३ पटक भएका कारोबारमार्फत १ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम करिब ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ, जसको करिब ६६ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि सोलुखोला हाइड्रोपावर कम्पनी को करिब ३७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।

आज ५ कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर का सेयरमा सकारात्मक सर्किट लागेको छ भने रिज लाइन इनर्जी का लगानीकर्ताले पनि झण्डै १० प्रतिशतको हाराहारीमा लाभ कमाएका छन्।

समग्रमा, उच्च कारोबारका बीच बजारमा सामान्य सुधार देखिएको दिनका रूपमा शुक्रबारको कारोबार रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit