Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चार पत्रकार पुरस्कृत

चार पत्रकार पुरस्कृत
विज्ञापन
Advertisement

पथरी । सञ्चार क्लब नेपालको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा चार पत्रकारलाई पुरस्कृत गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज यहाँ आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजमा योगदान गरेको भन्दै पत्रकार केशव निरौलालाई नगद  १० रुपैयाँ हजारसहित ‘दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको हो ।

यस्तै, दुर्गाप्रसाद खतिवडालाई ‘दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कार’, सन्तोष गौतमलाई ‘लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ र सन्तोष राईलाई ‘सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कार’ बाट जनही १० हजार रुपैयाँ एकसहित सम्मान गरिएको हो ।

उनीहरूलाई कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङले सम्मान तथा पुरस्कृत गर्नुभयो । क्लबले एक दशकअघि देखि विभिन्न कोष स्थापना गरी पुरस्कार प्रदान गर्दै आएको छ । अधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्ने क्लबका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit