images images images
images images images
images
images
images

पदक विजेता खेलाडीहरूलाई नगदसहित काठमाडौं महानगरपालिकाबाट सम्मान

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

बुधबार काठमाडौं प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनीहरूलाई सम्मान गरेकी हुन् । खेलकुदमार्फत राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पु¥याए बापत उनीहरूलाई सम्मानित गरिएको हो ।

images
images

सम्मानित हुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा छन् । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वल्र्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराँते (इको) संघका तर्फबाट भाग लिएका थियो । उनीलाई १ लाख ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

यस्तै सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म संयुक्त राज्य इमिरेट्स दुबई आयोजना भएको मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई १ लाख रुपियाँ नगदसहित सम्मान गरियो । ५४ के. जी. तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले इन्डोनेसियाको अरमानिया र क्वाटर फाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गरेका थिए ।

सम्मान अवसरमा खेलका प्रशिक्षकहरूलाई समेत सम्मानित गरिएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्