Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा ईभी प्रति बढ्दो क्रेज : वीरगञ्ज नाका हुँदै भित्रिए तीन अर्बको विद्युतीय सवारी

नेपालमा ईभी प्रति बढ्दो क्रेज : वीरगञ्ज नाका हुँदै भित्रिए तीन अर्बको विद्युतीय सवारी
विज्ञापन
Advertisement

वीरगञ्ज । नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज हुँदै विद्युतीय सवारीसाधनको आयातमा उच्च वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यस नाकाबाट २ अर्ब ९८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन भित्रिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात गरिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताए । गत आवको समीक्षा अवधिमा यो नाका हुँदै एक अर्ब ४८ करोड रुपैयाँको इभी सवारीसाधन आयात भएको थियो ।
कुन सवारी कति भित्रिए ?

चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ। गत आवको सोही अवधिमा ४८ करोड रुपैयाँको १७२ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो । चालु आवमा ९६ करोड रुपैयाँको सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ। गत आवको सोही अवधिमा ५५ करोड रुपैयाँको चार हजार २२७ विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

सवारीको प्रकार गत आ.व. (संख्या) चालु आ.व. (संख्या) वृद्धि दर (संख्यामा)
जिप, कार र भ्यान १७२ वटा ४९३ वटा १८६%
विद्युतीय मोटरसाइकल ४,२२७ वटा ७,३९८ वटा ७५%
तीन पाङ्ग्रे सवारी ३,६१३ वटा ४,६०६ वटा २७%
कुल आयात मूल्य १ अर्ब ४८ करोड २ अर्ब ९८ करोड १०२% 

त्यसैगरी ५३ करोड रुपैयाँको चार हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन आयात भएको छ। गत आवको सोही अवधिमा ४५ करोड रुपैयाँको तीन हजार ६१३ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी आयात भएको थियो ।

इभी आयातको यो बढ्दो तथ्याङ्कले नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण शतप्रतिशतले बढेको देखाउँछ। पेट्रोलियम पदार्थको विकल्पमा वातावरणमैत्री सवारी रोज्ने उपभोक्ताको संख्या बढेसँगै राजस्व र आयात परिमाणमा समेत वृद्धि भएको हो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit