Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका साहको शव सडकमै राखेर स्थानीयले गरे प्रर्दशन

सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका साहको शव सडकमै राखेर स्थानीयले गरे प्रर्दशन
विज्ञापन
Advertisement

काठमाडौं । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बिहान १ बजे कोशी गाउँपालिका–१ लौकहीमा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार साह सिटीसफारीमा भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत दैनिक उपभोगका सामग्री लिएर आउदै थिए । साहलाई दुई राउण्ड गोली लागेको छ ।

साहको मृत्युपछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गर्नुका साथै पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। हाल त्यहाँ प्रर्दशनका कारण चार पाङ्ग्रे सवारी चल्न सकेका छैनन् । स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेको खड्काले जानकारी दिए ।

प्रहरीले स्थानीयसँग वार्ता गर्न खोजे पनि सफल भएको छैन भने दोषीलाई तत्काल कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit