Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

‘माननीय’ सम्बोधन त्याग्न सांसदहरुलाई रास्वपाको निर्देशन

‘माननीय’ सम्बोधन त्याग्न सांसदहरुलाई रास्वपाको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई आफ्नो नामको अगाडि ‘माननीय’ शब्दको प्रयोग नगर्न कडा निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सिंहदरबारमा जारी संसदीय दलको अनौपचारिक बैठकमा पार्टीले जनस्तरमा सादगी झल्काउन र परम्परागत राजनीतिक तामझाम त्याग्न सांसदहरुलाई माननीय आदरार्थी शब्दको प्रयोग नगर्न आदेश दिएको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार सांसदहरुले धेरै कुराहरू सिक्न बाँकी छ । त्यसैले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गराउन उक्त शब्दको प्रयोगमा रोक लगाइएको हो । यो सँगै रास्वपाका सबै सांसदहरूको लेटर हेड, भिजिटिङ कार्ड र अन्य आधिकारिक कागजातहरूमा माननीय शब्दको प्रयोग गर्न पाउने छैनन् ।

यसैबीच आगामी निर्वाचनका लागि योग्य उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणका लागि रास्वपाले पार्टीभित्र वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ को अभ्यास पनि सुरु गर्ने जनाएको छ । साथै, बैठकले टिकट वितरणमा पनि कडाइ गर्ने भएको छ । ‘कुनै पनि सांसद वा नेताले कसैलाई पनि आगामी निर्वाचनको टिकट दिने बारे कुनै पनि किसिमको प्रतिबद्धता नगर्न निर्देशन दिइएको छ’ रास्वपा सचिवालयले जनाएको छ।

टिकटको आश्वासन दिने वा ‘खल्तीबाट उम्मेदवार’ छनोट गर्ने जस्ता गलत अभ्यास भेटिएमा सम्बन्धित व्यक्ति कारबाहीको भागिदार हुनुपर्ने प्रवक्ता झाले स्पष्ट पारेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit