Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

रास्वपामा उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’ पास गर्नुपर्ने

रास्वपामा उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’ पास गर्नुपर्ने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई बाध्यकारी बनाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचनमा उम्मेदवार हुन चाहने सदस्यहरूका लागि‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’बाट उत्तीर्ण हुनैपर्ने बाध्यकारी नियम पारित गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनका लागि योग्य, क्षमतावान र राजनीतिक रूपमा सचेत उम्मेदवार तयार पार्ने उद्देश्यले यस्तो नीतिगत आधार तयार पारेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने छ’ उनले भनेका छन् ।

यसअघि रास्वपा उम्मेदवार छनोटको रूपरेखा तयार पार्न पार्टी सह–महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा समिति बनाएको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन आइतबार नै सभापति लामिछानेलाई बुझाएको छ। समितिले  तयार पारेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा प्रतिवेदन अनुसार अब रास्वपाबाट टिकट पाउनका लागि पार्टीको लिडरसीप एकेडमीमा सञ्चालित नेतृत्व विकास तालिम पूरा गर्नुपर्नेछ।साथै क्याण्डिडेट क्लबमा आबद्ध भई पार्टीको सिद्धान्त, स्थानीय शासन र नीतिगत व्यवस्थाबारे निर्धारण गरिएका प्रक्रियाहरू उत्तीर्ण गर्नुपर्नेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit