Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

स्थानीयको निःशुल्क जग्गा सहयोगपछि वडा कार्यालय भवन निर्माण सम्पन्न

स्थानीयको निःशुल्क जग्गा सहयोगपछि वडा कार्यालय भवन निर्माण सम्पन्न
विज्ञापन
Advertisement

ढोरपाटन (बागलुङ)। लामो समयदेखि जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जैमिनी नगरपालिका–३ वडा कार्यालयले अब आफ्नै नयाँ भवनबाट सेवा दिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

करिब एक करोड रुपैयाँ लागतमा तीन कोठे सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भइसकेको छ र यही वैशाख २३ गतेदेखि नयाँ भवनमा सेवा सुरु गर्ने तयारी गरिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए।

यसअघि वडा कार्यालयले सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको थियो, जसका कारण सेवाग्राही र कर्मचारी दुवैलाई विभिन्न समस्या भोग्नुपरेको थियो। नयाँ भवन निर्माणसँगै ती समस्या समाधान हुने अपेक्षा गरिएको छ।

वडा कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय कृष्णबहादुर छन्त्याल, चन्द्रबहादुर पाण्डे, इन्द्रकली पुन र मोहन पुनका परिवारले करिब १० लाख रुपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका थिए।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सबै वडा कार्यालयलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना रहेको बताए। उनका अनुसार नगरपालिकाभित्रका अधिकांश वडा कार्यालय भवनहरू निर्माणाधीन अवस्थामा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit