Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

बारामा गहुँ उत्पादन २० प्रतिशत घट्यो, ७१ हजार मेट्रिकटनमा सीमित

बारामा गहुँ उत्पादन २० प्रतिशत घट्यो, ७१ हजार मेट्रिकटनमा सीमित
विज्ञापन
Advertisement

कलैया (बारा) । बारामा यस वर्ष गहुँ उत्पादन करिब २० प्रतिशतले घटेर ७१ हजार ९२ मेट्रिकटनमा सीमित भएको छ। प्रतिकूल मौसमका कारण उत्पादनमा उल्लेखनीय गिरावट आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रका अनुसार यस वर्ष १७ हजार ९८० मेट्रिकटनले उत्पादन घटेको हो। आर्थिक वर्ष २०८२र८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेका थिए। प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिए पनि वास्तविक उत्पादन घटेर दुई दशमलव ४८ मेट्रिकटनमा झरेको केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए।

यद्यपि उत्पादन घटे पनि उत्पादित गहुँको गुणस्तर राम्रो रहेको बताइएको छ। कलैयासहित आसपासका बजारमा गहुँ प्रतिक्विन्टल रु चार हजारका दरले बिक्री भइरहेको कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए।

गत आर्थिक वर्षमा भने जिल्लामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो, जसको कुल मूल्य रु चार अर्ब दुई करोड ५६ लाख ६० हजार बराबर रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit