Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु, महिला उद्यमशीलतामा जोड

विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु, महिला उद्यमशीलतामा जोड
विज्ञापन
Advertisement

विराटनगर । वुमन लिडरसिप समिट २०२६ सोमबार कोसी प्रदेशको राजधानी विराटनगर मा सुरु भएको छ। महिला नेतृत्वमार्फत उद्यमशीलता, कृषि र नवप्रवर्तन प्रवर्द्धन गर्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग परिसंघ र परिसंघ कोसी प्रदेशको संयुक्त आयोजनामा भइरहेको समिटमा प्रदेशभरबाट तीन सयभन्दा बढी महिलाको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनलाई औपचारिक कार्यक्रमभन्दा माथि उठाएर प्रदेशको आर्थिक संरचना पुनः परिभाषित गर्ने अवसरका रूपमा लिइएको छ।

समिटकी संयोजक तथा सिए नआई कोशीकी उपाध्यक्ष गिरिजा सारडाले महिलाको सीप, सिर्जनशीलता र स्थानीय स्रोत–साधनलाई बजारसँग जोड्ने लक्ष्यसहित कार्यक्रमको संरचना तयार गरिएको बताइन्। ग्रामीण तथा अर्धसहरी क्षेत्रका महिलालाई लक्षित गर्दै कृषि, पशुपालन र साना उद्योगका सम्भावनालाई व्यावसायिक ढाँचामा रूपान्तरण गर्ने मार्गदर्शन प्रदान गरिने उनले उल्लेख गरिन्।

आयोजकका अनुसार कार्यक्रम महिलालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने तहमा पुर्‍याउने उद्देश्यमा केन्द्रित रहनेछ। समिटमा कृषि, उत्पादन, प्रविधि र डिजिटल प्लेटफर्मबीचको सम्बन्धलाई सुदृढ गर्दै मूल्य शृङ्खला विकास, वित्तीय पहुँच विस्तार र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने रणनीतिमाथि छलफल हुने जनाइएको छ।

परिसंघ कोसी प्रदेशका अध्यक्ष पवन सारडाले प्रदेशको आर्थिक विकासमा महिला सहभागिता निर्णायक हुने बताउँदै निजी क्षेत्रले ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रमको उद्घाटन हिक्मतकुमार कार्की ले गर्ने कार्यक्रम रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit