Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

फ्रन्टलाइन हस्पिटललाई सात दिनभित्र सामाजिक सुरक्षा कोषमा कर्मचारी आबद्ध गराउन निर्देशन

फ्रन्टलाइन हस्पिटललाई सात दिनभित्र सामाजिक सुरक्षा कोषमा कर्मचारी आबद्ध गराउन निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले काठमाडौंस्थित फ्रन्टलाइन हस्पिटलमा श्रमिकहरूको पारिश्रमिक तथा सेवा–सुविधाको अवस्था अनुगमन गर्दै एक साताभित्र सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार मन्त्रालय र श्रम कार्यालयबाट खटिएको टोलीले अस्पतालमा कार्यरत कर्मचारीहरूको न्यूनतम पारिश्रमिक, सेवा–सुविधा तथा श्रमसम्बन्धी कागजातहरूको अध्ययन गरेको थियो। अनुगमनका क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको भए पनि सामाजिक सुरक्षा कोषमा कर्मचारीहरूको आबद्धता अत्यन्त न्यून रहेको भेटिएको छ।

अस्पताल प्रशासनले कर्मचारीहरूमा ६० वर्षको उमेर हद तथा रकम झिक्ने प्रक्रियासम्बन्धी नीतिगत अन्योलका कारण कोषमा आबद्धता कम भएको जनाएको छ। तर केही कर्मचारीहरूले भने अस्पताल प्रशासनले कोषमा रकम जम्मा गरिदिने आश्वासन दिए पनि व्यवहारमा रकम जम्मा नगरिएको गुनासो गरेको मन्त्रालयले जनाएको छ।

अनुगमनका क्रममा देखिएका कमीकमजोरी तत्काल सुधार गर्न र सम्पूर्ण कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई त्यसको प्रमाण सात दिनभित्र पेश गर्न अस्पताललाई निर्देशन दिएको हो । साथै कार्यालयले अस्पतालसँग १० बुँदे विवरण पनि माग गरेको छ।

श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवका अनुसार अस्पताल क्षेत्रमा ओभरटाइम काम तथा त्यसबापतको सुविधासम्बन्धी गुनासो बढ्दै गएपछि अनुगमन गर्न टोली खटिएको हो । अस्पतालसँग माग गरिएका प्रमाण तथा विवरण प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने श्रम कार्यालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit