Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

‘अब निजी क्षेत्रले आर्थिक सुधारको नेतृत्व गर्नुपर्छ ’

‘अब निजी क्षेत्रले आर्थिक सुधारको नेतृत्व गर्नुपर्छ ’
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दुका रूपमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार ललितपुरको एक होटलमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दु बनाउन माग गरेका हुन्। आगामी आर्थिक वर्षको बजेटलाई केवल अंकको जोडघटाउ मात्र नभई आर्थिक सुधारको प्रस्थानविन्दु बनाउनु पर्ने तथा निजी क्षेत्र र सरकारबीचको सहकार्यले मात्रै विद्यमान आर्थिक शिथिलता चिर्न सकिने उनको भनाइ छ। ‘माननीय अर्थमन्त्रीज्यू, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थानविन्दुका रुपमा ल्याउनु आवश्यक छ,’ अध्यक्ष ढकालले भने, ‘हामी धेरै गर्न सक्छौं। अब निजी क्षेत्रले आर्थिक सुधारको नेतृत्व गर्नुपर्छ जस्तो मलाई लागेको छ।’

अध्यक्षले ढकालले अब स्रोतका लागि सरकारको मुख ताक्ने परिपाटी अन्त्य गरी निजी क्षेत्र आफैं अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले निजी क्षेत्रले अब आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने र राज्यसँगको परनिर्भरता घटाउँदै लैजानुपर्ने धारणा राखे । ‘मैले गत वर्ष पनि भनेको थिएँ, स्रोतका लागि सरकारको मुख ताक्ने काम कम गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘हामीले योजना ल्याऔं, आफैं मिलेर कसरी काम गर्न सक्छौं त्यसमा छलफल गरौं र स्थानीय तथा प्रदेश सरकारसँग सहकार्यका अवसर खोजौं।’

यसैबीच अध्यक्ष ढकालले सरकारसँग दोस्रो चरणको आर्थिक सुधारको माग गरेका छन् । बागलुङको ढोरपाटन बैठकले तय गरेको मार्गचित्र स्मरण गर्दै अध्यक्ष ढकालले अब देशमा दोस्रो चरणको आर्थिक सुधार अपरिहार्य रहेको धारणा राखे । उनले महासंघकै पहलमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू कार्यान्वयन गर्नुपर्ने धारणा राखे । साथै, उनले लगानीमा अवरोध पुर्‍याउने पुराना कानुनहरूको खारेजी प्रक्रिया अघि बढाउने अर्थमन्त्रीको निर्णयको स्वागत गरे ।

अहिले संसदमा झण्डै दुई तिहाइको समर्थन प्राप्त स्थायी सरकार हुनु देशका लागि अभूतपूर्व अवसर भएको ढकालको तर्क छ। ‘विगतमा हामीले यस्ता अवसरहरू गुमाएका छौँ, तर अब नीतिगत स्थायित्वमार्फत निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पाउने वातावरण बन्नुपर्छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit