काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १० हजार ५ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने उल्लेख्य गिरावट आएको हो । गत शुक्रबार सुनको मोल प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३०५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ८४० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा उतारचढाव देखिएको छ। शुक्रबार सुन प्रतिऔंस ४ हजार १२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन हुने गरेको छ ।














प्रतिक्रिया दिनुहोस्