Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

नेपाल–भारतबीच वस्तु आगमनपूर्व सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल–भारतबीच वस्तु आगमनपूर्व सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
विज्ञापन
Advertisement

 

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं। नेपाल र भारतबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले निकासी गरिने वस्तुको आगमनपूर्व सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

भारतको नयाँदिल्लीमा बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदी ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपत्र अनुसार नेपाल र भारतबीच निकासी हुने वस्तुको तथ्याङ्क आगमनअघि नै विद्युतीय माध्यमबाट आदान–प्रदान गरिनेछ। यसबाट जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण सुदृढ गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापार र छिटो भन्सार जाँचपास सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

सम्झौतामा जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण, भन्सार प्रक्रियामा लाग्ने समय घटाउने, सूचना सुरक्षित रूपमा प्रयोग गर्ने, सम्पर्क अधिकारी तोक्ने तथा सुरुमा नमूनाका रूपमा केही तोकिएका वस्तुमा लागू गरी क्रमशः सबै वस्तुमा विस्तार गर्ने प्रावधान छन्। कार्यान्वयनमा कुनै विवाद आएमा कूटनीतिक माध्यमबाट समाधान गर्ने व्यवस्था पनि गरिएको छ।

हस्ताक्षर समारोहमा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीपत्रलाई शीघ्र कार्यान्वयनमा लैजान जोड दिँदै यसले दुवै देशको भन्सार प्रशासनबीचको सहकार्य थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले आगमनपूर्व तथ्याङ्क आदान–प्रदानले जोखिमयुक्त वस्तुको निगरानी सहज हुने र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण हुने बताए।

CBIC सिविअाइसी अध्यक्ष चतुर्वेदीले नेपालसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर हुनुलाई खुशीको विषय बताउँदै यसको प्रभावकारी र शीघ्र कार्यान्वयनप्रति भारतको प्रतिबद्धता जनाए।

समारोहमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशकसहित चार जना अधिकारी तथा भारतको तर्फबाट सिविअाइसी अध्यक्षसहित अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit