Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

खाँदबारी–किमाथाङ्का सडक स् ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न

खाँदबारी–किमाथाङ्का सडक स् ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न
विज्ञापन
Advertisement

किमाथाङ्का (सङ्खुवासभा): बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडकखण्ड (१६२ किमी मध्ये १०.८ किमी) मा ‘ट्रयाक ओपन’ सहित आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले सङ्खुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ । भौगोलिक रूपमा अति विकट र काम गर्न कठिन सो काम नेपाली सेनाले पूरा गरेको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक मध्ये १०.८ किमीमा ट्रयाक ओपन र आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको खाँदबारी–किमाथाङ्का सडक आयोजनाका प्रमुख शमशेर सिंहले जानकारी दिएका छन् ।

खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको हो ।

सेनाले यस वर्ष दुई किमी २१ दशमलव सडकखण्डको ट्रयाक खाल्ने काम गरेको छ । भने उक्त सडकखण्डको चार किलोमिटर ३१ दशमलव सडकको स्तरउन्नती गरेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए।

उक्त सडक निर्माणको काम सम्पन्न गरेसँगै सेनाले उत्तर दक्षिण कोशी सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ ।

किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडकखण्ड गत २०८१ माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डमा गत वर्षसम्म छ किलोमिटर छ दशमलव सडक स्तरोन्नति गरिसकेको थियो । खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको थियो । यो वर्ष सेनाले ‘ट्रयाक ओपन’ र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा खसेको पहिरोसमेत सेनाले हटाएको छ ।

किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको थियो । किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म रु ६२ करोड ३६ लाख ६७ हजार खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit