Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

५ पटकभन्दा बढी नियम मिच्ने ३१ चालक कारबाहीमा, ६ महिना सवारी चलाउन नपाउने

५ पटकभन्दा बढी नियम मिच्ने ३१ चालक कारबाहीमा, ६ महिना सवारी चलाउन नपाउने
विज्ञापन
Advertisement

काठमाडौं । पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकहरू अब ६ महिनासम्म सवारीसाधन चलाउनबाट वञ्चित हुने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम अटेर गर्ने ती चालकहरूको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने र पटक–पटक जरिवाना भराउँदा समेत गल्ती नसुधार्ने चालकहरूलाई कडा कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार, कारबाहीमा परेका कतिपय चालकहरूले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ। ‘लापसो (लागुपदार्थ सेवन) र मापासे (मादक पदार्थ सेवन) गरेर चलाउने तथा १५–२० पटकसम्म लापरवाही गर्नेहरूको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको हो,’ एसएसपी अधिकारीले बताए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो कदम चालेको जनाएको छ ।

लाइसेन्स निलम्बनका साथै ट्राफिक प्रहरीले उपत्यकाको आवागमनलाई थप व्यवस्थित बनाइने जनाएको छ । एसएसपी अधिकारीका अनुसार चोरी भएका ६५ वटा दुई पाङ्ग्रे सवारी साधनहरू फेला पारी सम्बन्धित धनीलाई आजै हस्तान्तरण गरिएको छ।

अधिकारीले सडक प्रयोगकर्ताहरूको गुनासो सम्बोधन गर्न र प्रहरीको व्यवहारमा समेत परिवर्तन ल्याउन चेकिङ कार्यक्रम सञ्चालन गरिएको, सडकको अस्तव्यस्तता हटाउन लामो र मझौला दुरीका सवारी साधनहरू अनिवार्य रूपमा बसपार्कबाटै छुट्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ तथा सार्वजनिक यातायातमा सुरक्षा र नियम पालनाको अनुगमन गर्न सीसीटीभी जडानलाई अनिवार्य गरिएको छ बताए ।

यस्तै, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले काठमाडौं उपत्यकामा बढ्दो जनसङ्ख्या र सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी २४ सै घण्टा परिचालन भइरहेको जानकारी दिए । काठमाडौंमा ५० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गरिरहेको उल्लेख गर्दै उनले दैनिक १८ लाखभन्दा बढी सवारी उपत्यकाका सडकमा गुड्ने गरेको बताए । उनले भने, ‘५० लाख बढी जनसङ्ख्या काठमाडौंमा बसोबास गरेको र १८ लाख भन्दा बढी प्रत्येक दिनमा सवारी साधन चलाउने तथ्याङ्क देखिएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहजीकरण गर्नको लागि पछिल्लो समय हामी २४ घण्टै डिउटी खट्ने गरेको हुन्छौं ।’

उनका अनुसार ट्राफिक ट्रायलको नियमित अनुगमनमा पनि कडाइ गरिएको छ । उनले भने, ‘ट्राफिक व्यवस्थापन सहजीकरण गर्ने र नागरिकलाई सेवा प्रवाह गर्न गरेको हुनेछ । ट्राफिक ट्रायलको अनुगमन गर्ने र गल्ती भेटिए कानुनी कारबाही दायरमा ल्याउने काम पनि गरिरहेका छौं।’

पटक–पटक जरिवाना तिराउँदा पनि सुधार नआएपछि चालिएको यो लाइसेन्स निलम्बनको कदमले उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनामा महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरीले विश्वास लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit