Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सोमबार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सोमबार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि (सोमबार) देखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

विज्ञापन
Advertisement
Advertisement

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ।

सचिवालयको कार्यतालिका अनुसार भोली अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछ। त्यसपछि अपराह्न ३:४५ बजे संयुक्त बैठक बस्ने छ । अपराह्न ४ बजे राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

भोलिको बैठकमा नीति तथा कार्यक्रमका अतिरिक्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेरबारे राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रहरू पढेर सुनाइनेछ।

यस्तै, सरकारले जारी गरेका आठवटा अध्यादेशहरू सदनमा पेस गर्ने कार्यसूची समेत रहेको छ। सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।

बजेट अधिवेशन मुख्यतया आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान (बजेट) मा केन्द्रित हुने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्नुअघि नीति तथा कार्यक्रममाथि दफावार छलफल गरी पारित गर्नुपर्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit