Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरामा एकैसाथ १२ वटा जेसीबी मेसिन हस्तान्तरण

पोखरामा एकैसाथ १२ वटा जेसीबी मेसिन हस्तान्तरण
विज्ञापन
Advertisement

पोखरा । नेपालको निर्माण उपकरण बजारमा अग्रणी स्थान ओगटेको जेसीबी नेपालले पोखरामा आफ्नो बजार उपस्थितिलाई थप मजबुत बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

हालै पोखरामा आयोजित एक विशेष समारोहकाबीच कम्पनीले विभिन्न १२ वटा निर्माण उपकरणहरू आफ्ना प्रमुख ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुवेदीका अनुसार यो उपलब्धि केवल औपचारिक हस्तान्तरण मात्र नभएर बजारको वास्तविक विश्वास कहाँ केन्द्रित छ भन्ने संकेत पनि हो । उनले भने, ‘ग्राहकहरू अहिले लगानी प्रतिफल प्रति बढी सचेत र जानकार बन्दै गएका छन्। उहाँहरूको यो विश्वासले व्यवसायिक सफलताका लागि सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयता कति महत्वपूर्ण छ भन्ने देखाउँछ।’

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा तीव्र रूपमा भइरहेको पूर्वाधार विकासलाई दृष्टिगत गर्दै जेसीबीले यो रणनीतिक कदम चालेको हो।  हस्तान्तरण गरिएका उपकरणहरूमा जेसीबीका दुई लोकप्रिय मोडलहरू 3DX ब्याकहो लोडर र JCB 221 एक्स्काभेटर रहेको कम्पनीले जनाएको छ।

ब्याकहो लोडर बहुउपयोगी र इन्धन किफायती मानिने यो मोडल नेपालको भौगोलिक अवस्थाका लागि निकै उपयुक्त मानिन्छ। JCB 221एक्स्काभेटर भारी निर्माण कार्यका लागि उच्च उत्पादकत्व र टिकाउपन प्रदान गर्ने मेसिनको रुपमा स्थापित छ ।

जेसीबीका मेसिनहरू उच्च ‘रिसेल भ्यालु’ पुनः बिक्री मूल्य), मजबुत बनावट र प्रभावकारी सञ्चालन क्षमताका कारण नेपाली निर्माण व्यवसायीहरू माझ पहिलो रोजाइमा पर्दै आएका छन्।

कम्पनीले देशभर ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरहरूको सञ्जाल मार्फत सेवा दिइरहेको जनाएको छ।

हाल कम्पनीले जेसीबीले मेसिन बिक्री मात्र नभई बिक्रीपछिको सेवामा विशेष ध्यान दिएको छ, जसले गर्दा निर्माण कार्यमा हुने ‘डाउनटाइम’ न्यूनीकरण भई उत्पादकत्वमा वृद्धि हुन्छ।

साँचो हस्तान्तरणका साथै कार्यक्रममा लाइभ मेसिन प्रदर्शन र ग्राहकहरूसँग अन्तरक्रियात्मक सत्रहरू पनि सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यसले ग्राहकहरूलाई मेसिनको क्षमता र नयाँ प्रविधिबारे प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गरेको थियो।

नेपालका लागि जेसीबीको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले विगत लामो समयदेखि विश्वस्तरीय निर्माण उपकरणहरू उपलब्ध गराउँदै आएको छ। पोखरामा गरिएको यो ठूलो परिमाणको हस्तान्तरणले क्षेत्रीय बजारमा जेसीबीको पकडलाई अर्को उचाइमा पुर्‍याएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit