काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारलाई देशको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाबारे विस्तृत प्रतिवेदन बुझाएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको तयारी तीव्र भइरहँदा सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आगामी ‘पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन’ पेश गरेका हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) अनुसार सरकारले वार्षिक बजेट तयार पार्नुअघि देशको वास्तविक आर्थिक चित्र स्पष्ट पार्न बैंकले प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार आज अर्थमन्त्रीले उक्त प्रतिवेदन बुझेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रतिवेदनमा गभर्नरले देशको वित्तीय अवस्थाको विश्लेषण गरेका छन्।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको सुझाव र देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै बजेटका प्राथमिकता निर्धाररण गरिने बताए ।

















प्रतिक्रिया दिनुहोस्