Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

तोलामा ४४ सय रुपैयाँले बढेको सुन पुनः तीन लाख माथि, चाँदीको भाउ पनि निरन्तर बढ्दो

तोलामा ४४ सय रुपैयाँले बढेको सुन पुनः तीन लाख माथि, चाँदीको भाउ पनि निरन्तर बढ्दो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा लगातार दुई कारोबार दिन ओरालो लागेको सुनको भाउ मंगलबार भने ह्वात्तै बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन पुनः तोलामा तीन लाख रुपैयाँ नाघेको छ । सोमबार प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा खरिदबिक्री भएको सुन आज तीन लाख दुई हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा चार हजार ४०० रुपैयाँले बढी हो ।

यसअघि आइतबार सुन एक हजारर सोमबार चार सय रूपैयाँले ओरालो लागेको थियो।

यसैगरी, चाँदीको भाउ भने लगातार तीन कारोबार दिन समेत बढेको छ । हिजो ४० रूपैयाँ मूल्य बढेर तोलामा पाँच हजार तीन सय ४० रूपैयाँ कायम भएको चादी आज पुनः ३५५ रुपैयाँले वृद्धि भएको हो । यो सँगै आज एक तोला चाँदीको मोल पाँच हजार ६९५ रुपैयाँ पुगेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit