Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सार्वजनिक लेखा समितिमा ७ खर्ब ३३ अर्ब बेरुजुको चाङ

सार्वजनिक लेखा समितिमा ७ खर्ब ३३ अर्ब बेरुजुको चाङ
????????, ?? ????? ????????? ???? ??????? ???? ?????????? ??? ?????????? ????????? ???? ??????? ???????? ??????????? ????? ???? ??????? : ????? ?????/????
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा ७ खर्ब ३३ अर्ब बढीको बेरुजु फर्स्योट गर्नुपर्ने जिम्मेवारी पाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको समितिको बैठकमा कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गर्दै समिति सचिव एकराम गिरीले समितिमा ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ बराबरको बेरुजु पुगेको बताएका हुन् ।

यो सँगै अब राज्यकोषको खर्च संसद्ले चाहेबमोजिम भए–नभएको सुनिश्चित गर्ने र महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथि छानबिन गर्ने मुख्य जिम्मेवारी समितिको काँधमा छ। समितिको कार्यक्षेत्रमा सार्वजनिक लेखा, महालेखापरीक्षकको प्रतिवेदन र सरकारी निकायहरूको खर्चको जाँचपड्ताल पर्ने हुनाले हालको बेरुजुको आँकडाले समितिमाथि ठुलो चुनौती थपिदिएको छ।

छलफलमा श्रम संस्कृति पार्टीका सांसद निशकल राईले पुरानो सवा ७ खर्बको भारीसँगै नयाँ बेरुजुलाई पनि उत्तिकै गम्भीरताका साथ लिनुपर्ने बताए । यस्तै, रास्वपा सांसद विपिन आचार्यले समितिको कामलाई व्यवस्थित बनाउन संसदीय क्यालेन्डर बनाएर जानुपर्ने बताए ।

सरकारी कोषको मितव्ययी प्रयोग र आर्थिक पारदर्शिता कायम गर्न लेखा समितिले यो अर्बौँको बेरुजु फर्स्योट गर्नु नै मुख्य अग्निपरीक्षा हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit