Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

२४ घण्टामा १६ सयभन्दा बढी चालक कारबाहीमा, सवा २० लाख रुपैयाँ जरिवाना असुल

२४ घण्टामा १६ सयभन्दा बढी चालक कारबाहीमा, सवा २० लाख रुपैयाँ जरिवाना असुल
विज्ञापन
Advertisement

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ३१ हजार ५०६ राजस्व दाखिला भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२१ र अन्य सवारी नियम पालना नगरेका ८०४ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit