Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेपालगञ्ज–दिल्ली सिधा उडान सेवा सञ्चालन गर्न सरकारसँग आग्रह

नेपालगञ्ज–दिल्ली सिधा उडान सेवा सञ्चालन गर्न सरकारसँग आग्रह
विज्ञापन
Advertisement

नेपालगञ्ज । नेपालगञ्जका पर्यटन व्यवसायीले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग आग्रह गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपालगञ्ज विमानस्थलको अनुगमनका क्रममा मन्त्री पौडेलसँग भएको भेटमा व्यवसायीहरूले नेपालमा विदेशी पर्यटक भित्र्याउन नेपालगञ्जलाई भारतको राजधानी नयाँदिल्लीसँग सिधा हवाई मार्गबाट जोड्नु अपरिहार्य रहेको बताएका हुन्।

उनीहरूले नेपालगञ्ज–पोखरा उडान बन्द हुँदा पश्चिम नेपालको पर्यटन क्षेत्र प्रभावित भएको उल्लेख गर्दै विदेशी पर्यटकमाथि लागू गरिएको हवाई भाडादरको विभेद अन्त्य गर्न पनि सरकारसँग माग गरेका छन्।

जवाफमा मन्त्री पौडेलले पर्यटन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउँदै नीतिगत सुधारमार्फत विदेशी मुद्रा आर्जनको प्रमुख आधारका रूपमा रहेको पर्यटन उद्योगको विकासका लागि आवश्यक प्रयास गरिने बताएका छन्। उनले नेपाल पर्यटन बोर्डलाई समयानुकूल पुनर्संरचना गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

भेटका क्रममा नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी, पर्यटन व्यवसायी देवानन्द अर्याललगायतले पश्चिम नेपालको पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit