Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

पाँच दशकदेखि प्रकृति संरक्षणमा खटिएको सेनालाई विश्व वन्यजन्तु कोषको विशेष सम्मान

पाँच दशकदेखि प्रकृति संरक्षणमा खटिएको सेनालाई विश्व वन्यजन्तु कोषको विशेष सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मङ्गलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

यसअघि पनि सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा मनाउन सफल भएकाले सेनाका विभिन्न छवटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’ बाट सम्मानित भएका थिए । साथै बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’ बाटसमेत सम्मानित भएकामा यस वर्ष वन्यजन्तु कोषले पनि विशेष सम्मान प्रदान गरेको छ ।

नेपाली सेना विसं २०३२ बाट औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको र हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा आठवटा गण, सात अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालय तैनाथ छन् । यी युनिटका करिब हजारभन्दा बढी फौज निरन्तर परिचालित हुँदै आएको छ ।

यसको परिणामस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एकसिङ्गे गैँडा हाल ७५२ मा वृद्धि भएको छ । जटिल भौगोलिक बनावट तथा मौसमी प्रतिकूलता एवं विषम परिस्थितिका बाबजुद प्रकृति र पर्यावरणको संरक्षणका क्षेत्रमा सुम्पिएको जिम्मेवारी सेनाले सफलतापूर्वक सम्पादन गर्दै आइरहेको र यसक्रममा हालसम्म नेपाली सेनाका ११६ जनाको ज्यान गएको पनि सेनाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit