Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सगरमाथामा एकैदिन ‘एभरेस्ट म्यान’ र ‘माउन्टेन क्विन’ ले बनाए दुई विश्व रेकर्ड

सगरमाथामा एकैदिन ‘एभरेस्ट म्यान’ र ‘माउन्टेन क्विन’ ले बनाए दुई विश्व रेकर्ड
विज्ञापन
Advertisement

काठमाडौं । सगरमाथा आरोहणमा आइतबार एकैदिन दुई विश्व कीर्तिमान कायम भएको छ ।
कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै ३२ औं पटक र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले ११ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

५६ वर्षीय शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ इतिहास रचेका हुन्। सेभेन समिट ट्रेक्सका अनुसार, कामिरिताले यो सिजनको आफ्नो आरोहण सफलतापूर्वक सम्पन्न गर्नुका साथै विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्तिको रूपमा आफ्नो स्थान अझ सुरक्षित बनाएका छन्।

सेभेन समिटका अनुसार चुचुरोको सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका कामिरिताले ‘एभरेस्ट म्यान’ को पहिचान बनाएका छन्।

उनको यो अतुलनीय सफलताले नेपाली पर्वतारोहण क्षेत्रमा फेरि एकपटक विश्वको ध्यान आकर्षित गरेको छ। ‘कामीरिता शेर्पालाई कुनै परिचयको आवश्यकता छैन। उहाँ नेपालको राष्ट्रिय आरोहण नायक मात्र होइन, सगरमाथाको विश्वव्यापी प्रतीक पनि हुनुहुन्छ। उहाँको शक्ति, अनुभव र निरन्तरताले वर्षौंदेखि पर्वतारोही समुदायलाई प्रेरणा दिइरहेको छ’ सेभेन समिट ट्रेक्सको फेसबुक पेजमा लेखिएको छ।

यसैगरी,  ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले पनि आइतबारै बिहान ९ ः ३० बजे ११औँपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । यो सँगै उनले सबैभन्दा धेरैपल्ट सगरमाथा आरोहण गर्ने महिला आरोहीको विश्व कीर्तिमान कायम गरेकी छन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit