Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्दा चाँदीको मोल घटेको छ। आइतबार तोलामा ४५ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउमा गिरावट आएको छ। आइतबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा पाँच हजार ४० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ कम हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit