Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुधारिँदै घरजग्गा काराेबार , बैशाखमा ६ अर्ब राजस्व संकलन

सुधारिँदै घरजग्गा काराेबार , बैशाखमा ६ अर्ब  राजस्व संकलन
विज्ञापन
Advertisement

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गएको पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा सुधार देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गत चैतमा घर जग्गा कारोबारबाट कूल छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ रुपैयाँ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पूँजीगत लाभकरबाट दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ रुपैयाँ सङ्कलन भएको छ। यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट चार करोड ४८ लाख ७८ हजार तीन सय १८ रुपैयाँ सङ्कलन भएको छ ।

यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ सङ्कलन भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ रुपैयाँ सङ्कलन भएको थियो । मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट चार करोड ६२ लाख ९९ हजार सात सय ८० बराबरको रकम सङ्कलन भएको विभागले जनाएको छ ।

त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व सङ्कलन भएको थियो। विभागका अनुसार, गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको रकम राजस्व उठेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit